१ कार्तिक २०८३, आइतबार

सोलुखुम्बु प्रदेशसभा २ मा एमालेका राजभण्डारी निर्वाचित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ७ मंसिर । एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभा २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी भएका थिए ।

उनले १० हजार १२८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवबहादुर बस्नेतले छ हजार आठ सय १५ मत प्राप्त गरे ।

एमालेका राजभण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतलाई तीन हजार ३१३ मतले पछि पारेका हुन् ।