शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कतार विश्वकप: मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

दैनिक नेपाल २०७९ मंसिर ७ गते १८:५८

काठमाडौं, ७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत बुधबार भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ ।

कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक/एक अङ्क जोडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित