२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुर २ को (१) मा माओवादीका सरल विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा को प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट (सरल) विजयी भएका छन्।

सो निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी दिए ।

उहाँका अनुसार माओवादी केन्द्रका भाटले १० हजार नौ सय २५ मत प्राप्त गरेका छन्। उनले चार सय ७५ मतको अन्तरले जित हासिल गरेका हुन् ।

भाटका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का वचनबहादुर सिंहले १० हजार चार सय ५० मत मात्रै ल्याए ।