२९ आश्विन २०८३, बिहिबार

काठमाडौं-६: स्वतन्त्रका शिशिर विजयी, पूर्व रक्षामन्त्री र आईजीपी पराजित

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानलाई पराजित गरेका हुन् । नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाल र पूर्व रक्षमन्त्रीसमेत रहेका प्रधानलाई उनले पराजित गरेका हुन् ।

विजयी भएका खनालले निकट्तम प्रतिस्पर्धी एमालेका खनाललाई ५ हजार बढी मतान्तरले पराजित गरेका हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याए भने एमालेका उम्मेदवार खनालले ९ हजार ९ सय ११ मत ल्याए ।

तेस्रोमा रहेका कांग्रेसका उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत ल्याए । शिशिरको यो जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चार सीट जित्न सफल भएको छ ।