२९ आश्विन २०८३, बिहिबार

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीले गर्‍यो ‘क्लिनस्विप’

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले क्लिनस्विप गरेको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र २ वटा प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा यसअघि नै गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।

प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी र २ मा पनि नागरिक उन्मुक्ति पार्टीका खुशीराम चौधरी विजयी भएका हुन् । प्रदेश सभा १ मा विजयी भएका चौधरीले १३ हजार ९ सय २३ मत ल्याउँदै निकट्तम प्रतिस्पर्धी कांग्रेसका खेमराज डंगौरा थारुलाई पराजित गरेका हुन् । थारुले ११ हजार ५ सय ७२ मत ल्याए ।

यस्तै, प्रदेश सभा (२) मा विजयी भएका चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदै निकट्तम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका अमर साउँदलाई पराजित गरे ।

साउँदले ६ हजार ६ सय १९ मत पाए ।