२९ आश्विन २०८३, बिहिबार

सप्तरी-२: मतगणना सकिनुअघि नै सिके राउत निर्वाचित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सप्तरी २ प्रतिनिसधसभामा जनमत पार्टीका अध्यक्ष सिके राउत मतगणना सकिनुअघि नै निर्वाचित भएका छन् ।

राउतका निकट्तम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पारेका राउत मतगणना सकिनुअघि नै निर्वाचित भएका हुन् ।

६४ हजार ५ सय ६० मत खसेको मध्ये ५६ हजार १ सय ४८ मत गणना हुँदा राउतले ३० हजार ६ सय ६९ मत ल्याएका हुन् । गन्न बाँकी ८ हजार ४ सय १२ मत सबै यादवले पाएपनि राउतलाई उछिन्न सक्दैनन् ।

यस्तै, तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर रहे ।