
काठमाडौं, ७ मंसिर । नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधिसभातर्फ जितको खाता खोलेको छ ।
माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहालले एमालेका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोज थापालाई पराजित गरेका हुन् ।
दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भए भने एमालेका थापाले २१ हजार ३ सय ५५ मत पाए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल १ हजार ५ सय ५३ मत पाउँदै तेस्रो भए ।















प्रतिक्रिया