
दमौली, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा एमालेका श्यामराजा महत विजयी भएका छन् ।
आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गर्दै महत प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
महतले १५ हजार छ सय ५३ मत प्राप्त गरेको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गरे ।











प्रतिक्रिया