
भक्तपुर, ७ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।
आज बिहान सम्पन्न मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका श्रेष्ठले ९ हजार ४ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले ८ हजार २ सय १ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले ८ हजार १४ र राप्रपाका राजु कुइँकेलले ५ हजार ९ सय ४५ मत प्राप्त गरे ।











प्रतिक्रिया