३ मंसिर २०८३, बिहिबार

पाल्पा–२: एमालेका गैरेको अग्रता फराकिलो बन्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । पाल्पाको क्षेत्र नम्बर २ को जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका ठाकुरप्रसाद गैरेको अग्रता फराकिलो बन्दै गएको छ ।

पछिल्लो मत परिणामअनुसार गैरेले ६ हजार ७ सय ६५ मतसहित अग्रता फराकिलो बनाएका छन् ।

यहाँ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले ५ हजार १ सय १७ मतसहित एमालेका गैरेलाई पछ्याइरहेका छन् ।

यसैगरी, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम प्रसाद गैरेले १ हजार १ सय २७ मत प्राप्त गर्दा मंगोल नेशनल अर्गनाइजेसनका मन बहादुर दर्लामीले १ हजार ९२ मत प्राप्त गरेका छन् ।