शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कतार विश्वकप: साउदी अरेबियाले हरायो अर्जेन्टिनालाई

दैनिक नेपाल २०७९ मंसिर ६ गते १८:०२

काठमाडौं, ६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको छ ।

अर्जेन्टिना साउदीसँग २-१ गोल अन्तरले पराजित भयो । साउदी अरेबियासँग पराजित भएसँगै अर्जेन्टिना ऐतिहासिक कीर्तिमानबाट चुकेको छ।

अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा मंगलबार साउदीले ब्रेक लगाइदिएको हो। लुसाइल स्टेडियममा भएको खेलमा साउदीले अर्जेन्टिनाविरुद्ध पहिलो जित निकालेको हो ।

अर्जेन्टिनका कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित