
काठमाडौं, ६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् ।
उनले नेकपा (एमाले) का उम्मेदवार कृष्णभक्त पोखरेललाई झण्डै १ हजार मतले पछाडि पारेका हुन् । रविले यो समाचार तयार पार्दासम्म ५ हजार १ सय २८ मत पाएका छन् भने एमालेका पोखरेलले ४ हजार १ सय ६६ मत पाएका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७ सय ६ मत पाएका छन् ।
दिउँसोसम्म पछाडि रहेका रविले एकाएक पहिलो नम्बरमा रहेका एमालेका पोखरेललाई पछाडि धकेल्दै अगाडि लागेका हुन् ।














प्रतिक्रिया