१ कार्तिक २०८३, आइतबार

इलाम १ मा पछि परे झलनाथ खनाल

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ६ मंसिर । इलामको निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल एमालेका उम्मेवार भन्दा पछि परेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार खनाल एमालेका उम्मेदवार महेश बस्नेतभन्दा १ हजार २१५ मतले पछि छन् ।

पछिल्लो मत परिणाम अनुसार बस्नेतले ८ हजार ५६ मत प्राप्त गर्दा खनालले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ८७६ मतका साथ तेस्रो स्थानबाट अगाडिका उम्मेदवार पछ्याइरहेका छन् ।