१ कार्तिक २०८३, आइतबार

रुपन्देही २ मा विष्णु पौडेलले घटाए मतान्तर

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, ६ मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै लगेका छन् ।

सुरूदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका एमाले उपाध्यक्ष पौडेलले अहिले मतान्तर घटाएर ६५ मतमा झारेका छन् । यसअघि पौडेल करिब ५०० मतले पछाडि थिए ।

पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमालेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् ।

अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भइसकेको छ ।