
डडेल्धुरा, ६ मंसिर । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा टक्कर दिने भनिएका उम्मेदवार सागर ढकाल साढे चार हजार भन्दा धेरै मतले पछाडि परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार १९ हजार ५९६ मतगणना हुँदा देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मतसहित पछ्याइरहेका छन् ।
यस्तै कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले दुई हजार ६९४ मत प्राप्त गरे तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।















प्रतिक्रिया