
काठमाडौं, ६ मंसिर । टिकापुर नरसंहारको आरोपमा कारागारमा रहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा खाता खोलेको छ ।
कैलाली–३ मा गंगाराम चौधरी विजय हासिल गरेका हुन् । उनले सत्तागठबन्धनकातर्फबाट माओवादीका निकट्तम प्रतिस्पर्धी कृष्णकुमार चौधरीलाई पराजित गरेका हुन् ।
विजयी चौधरीले २३ हजार १ सय २० मत पाए भने माओवादीका चौधरीले १७ हजार ७ सय ४९ मत पाए। यस्तै, एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे।
राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत पाए ।














प्रतिक्रिया