१ कार्तिक २०८३, आइतबार

प्रभु साहलाई करिब १४ सय मतको अग्रता, स्वतन्त्रलाई स्वतन्त्रकै टक्कर

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ६ मंसिर । रौतहट–२ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ३९३ मत बढी ल्याएर अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले ३ हजार ९५५ मत ल्याएका छन भने अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २ हजार ५६२ मत ल्याएका छन् ।

साह एमाले छाडेर स्वतन्त्र उमेदवार बनेका थिए ।

यस्तैगरी क्षेत्र नम्बर २ मा प्रभु साह पक्षकै स्वतन्त्र उमेदवार किरण साहले पनि अग्रता कायम गरिराखेका छन् ।

हालसम्म साहले ३ हजार १७७ मत ल्याएका छन भने नेपाली कांग्रेसका फिरदोस आलमले २ हजार ९२१ मत ल्याएर पछ्याइरहेका छन् ।