
काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले शिर्ष स्थानमा आएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६२ हजार १६९ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५५ हजार ३४२ प्राप्त गरेको छ ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार ७७२ मतसहित तेस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्र २४ हजार ३७५ मतसहित चौथो स्थानमा रहेको छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादी २ हजार ७२३ मतसहति नवौं स्थानमा रहेको छ ।
















प्रतिक्रिया