१ कार्तिक २०८३, आइतबार

काठमाडौं ४ मा गगन थापालाई पाँच हजार मतको अग्रता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई पाँच हजार भन्दा धेरै मतले अग्रता मिलेको छ ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार २३२ मत गणना हुँदा थापाले १७ हजार ५१७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले ११ हजार ९४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार २६८ मत प्राप्त गरेर तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।