
झापा, ६ मंसिर । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाललाई उछिन्दै नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता लिएका छन् ।
मतगणना सुरु भएदेखि नै अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि लागेका हुन् ।
पछिल्लो परिणाम अनुसार साँवाले ४ हजार २०४ मत प्राप्त गर्दा ढकालले ४ हजार १७० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार देउमान थेबेले २ हजार ४६७ मत प्राप्त गरी तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।















प्रतिक्रिया