
डडेलधुरा, ५ मंसिर । हेभीवेट उम्मेदवारसँग नयाँ तथा युवाले प्रतिस्पर्धा गरिरहेको डडेलधुराको निर्वाचन परिणाम रोचक बन्नाका साथै चासोपूर्वक हेरिएको पनि छ ।
डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हेभीवेट उम्मेदवारका रूपमा रहेका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल नयाँ र युवा हुन् ।
यी दुई उम्मेदवारबीच डडेलधुरामा रोचक प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो परिणाम अनुसार सागर ढकालले १ हजार ५२४ मत प्राप्त गरेर प्रधानमन्त्री देउवालाई पछ्याइरहेका छन् भने देउवाले दुई हजार ७५६ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री देउवालाई पराजित गरेर आफै प्रधानमन्त्री हुने लक्ष्यमा साथ चुनावी मैदानमा रहेका सागरले देउवालाई प्रारम्भिक चरणमा चुनौती भने दिइरहेका छन् ।















प्रतिक्रिया