शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ललितपुर–२ मा एमालेका प्रेम महर्जन विजयी

दैनिक नेपाल २०७९ मंसिर ५ गते २१:३८

काठमाडौं, ५ मंसिर । ललितपुरको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेमा उम्मेदवार प्रेम महर्जन विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार रहेका कृष्णलाल महर्जनलाई पराजित गरी उनी विजयी बनेका हुन् । निर्वाचित महर्जनले १९ हजार ८३४ मत प्राप्त गरेको छन् । उनको विजयबारे निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

प्राप्त परिणाम अनुसार ललितपुर–२ मा लौरो चिह्नका उम्मेदवारले १० हजार ४४०, घण्टी चिह्नका उम्मेदवारले १० हजार १३६, कलम चिह्नका उम्मेदवारले ९ हजार ५३९ र हलो चिह्नका उम्मेदवारले ७ हजार ७९९ मत प्राप्त गरेका छन् ।

निर्वाचित महर्जन पूर्व वडाध्यक्ष र ज्यापु समाजका पूर्वध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित