
मनाङ, ५ मंसिर । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले आफ्नो अग्रता कायम राखेका छन् ।
उम्मेदवार गुरुङ २ हजार २५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले १ हजार ८०३ मत पाएका छन् ।
प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ४ मत मात्रै पाएका छन् ।
मनाङमा कूल मतदाता ६ हजार ७७९ रहेकामा ४ हजार ८४५ मत खसेको थियो । ३ हजार ८३२ मत गणना भइसकेको छ ।















प्रतिक्रिया