
काठमाडौं, ५ मंसिर । मनाङको प्रदेश सभा ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याए ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । गुरुङले ९ सय २५ मत प्राप्त गरे ।
प्रदेशसभा ‘ख’ मा यसअघि नै कांग्रेसकै दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभातर्फ कांग्रेसबाट टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छोपाङबीच प्रतिस्पर्धा भइरहेको छ ।













प्रतिक्रिया