३० आश्विन २०८३, शुक्रबार

प्रदेश सभातर्फ पनि कांग्रेसले मुस्ताङबाटै खोल्यो जितको खाता, मुस्ताङ (१) मा गुरुङ विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जितको पहिलो खाता पनि खोलेको छ ।

मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

नम्डुले १ हजार ४८ मत पाउँदा एमालेका विष्टले ७ सय ४३ मत पाए ।

गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए ।