
काठमाडौं, ५ मंसिर । नेकपा एमाले लगायत ७ दलले गोरखामा पुनः मतदान गर्न माग गरेका छन् ।
गठबन्धनले विभिन्न मतदान केन्द्रमा धाँधली गरेको भन्दै एमाले लगायतका पार्टीहरुले पुन: मतदानको माग गरेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताको नाममा मतदान गर्ने, अन्य उम्मेदवारका प्रतिनिधिहरुमाथि हातपात गर्ने जस्ता अवाञ्छित क्रियाकलाप भएको एमाले लगायतका पार्टीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भीमसेन थापा-१ मसेलको विन्द्रावती मावि, भीमसेन थापा-१ कै बालकल्याण आधारभूत विद्यालय, आरुघाट-१ मान्वु, सिरानचोक-३ हर्मीको सरस्वती आधारभूत विद्यालय, बारपाक सुलिकोट-४ को हिमालय मावि, बारपाक सुलीकोट-६ को सूर्यज्योति मावि र धार्चे-३ को पार्वती आधारभूत विद्यालय मतदान केन्द्रहरुमा धाँधली भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनाको निष्पक्ष छानबिन गरी पुन: मतदान गर्न निर्वाचन आयोगलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
गोरखा क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट अब्दुस मिँया रहेका छन् ।














प्रतिक्रिया