
काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेलले मतान्तर घटाउँदै लगेका छन् ।
पौडले दोस्रो स्थानमा रहेका राप्रपाका रवीन्द्र मिश्रलाई उछिनेर दोस्रो स्थानमा पुगेका छन् । अब पौडेलले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछ्याउनेछन् ।
प्रकाशमानले १ हजार १ सय १८ मत ल्याएका छन् भने दोस्रोमा उक्लिएका एमालेका पौडेलले १ हजार १९ मत पाएका छन्।
यस्तै, तेस्रो स्थानमा पुगेका मिश्रले ८ सय ९६ मत पाएका छन्।













प्रतिक्रिया