
काठमाडौं, ५ मंसिर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना रोजक बनिरहेको छ ।
नेकपा एमालेका अमृत खड्काले अग्रका कायमै राखिरहेका छन् भने माओवादीकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछाडि पारेकी छिन् ।
२ हजार ९ सय ३ मतगणना गर्दा एमालेका खड्काले ९ सय ३६ मत ल्याएका छन् । माओवादीकी भुसाललाई तेस्रो स्थानमा धकेल्दै रास्वपाकी कार्कीले ८ सय ७५ मत ल्याएर दोस्रो स्थानमा उक्लिएकी छिन् ।
तेस्रो स्थानमा पुगेकी भुसालले ७ सय ७५ मत ल्याएकी छन् ।













प्रतिक्रिया