३ मंसिर २०८३, बिहिबार

दोलाखामा सत्ता गठबन्धनद्वारा बुथ कब्जा, उम्मेदवार शिवाकोटीले दिए उजुरी

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । आसन्न निर्वाचनमा दोलाखामा सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले गठबन्धनले मतदान स्थलमा बुथ प्रतिनिधिमाथि हातपात गर्दै बुथ कब्जा गरेको भन्दै निर्वाचन रद्ध गर्दै पुनः मतदानको लागि माग गरेका हुन् ।

एमाले उम्मेदवार शिवाकोटीले सत्ता गठबन्धनले निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षाका निकाय समेतको मिलेमतोमा बुथ कब्जा गरेर मतदान केन्द्रनै भयावह बनाएको उल्लेख गरेका छन् ।

शिवाकोटीले वैतेश्वर मावि मदान केन्द्र-६, हेल्थपोस्ट मतदान केन्द्र तामाकोशी-३, वडा कार्यालय पिपलबोट मतदान केन्द्र वैतेश्वर-१, नविन मावि-३ शैलुङ्गे, जफे प्रावि मेलुङ-४ मतदान केन्द्रमा पुनः मतदानको माग गरेका छन् ।

No description available.