
मकवानपुर, ४ मंसिर । मकवानपुरमा निर्वाचन विरोधी गतिविधि गर्न खोजेको आरोपमा नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा-१० बस्ने नेकपा बहुमतका मकवानपुर इन्चार्ज ४१ वर्षीय रबि खड्का, जिल्ला संयोजक ४८ वर्षीय शक्ति मगर, सचिवालय सदस्य ५१ वर्षीय लिला माझी, जिल्ला सदस्यहरु ४३ वर्षीय अजय गहतराज, ३५ वर्षीय विकास लामा, ५० वर्षीय अनिल सिङ्तान र ३० वर्षीय वसन्त लामा रहेका छन् ।
उनीहरुलाई आइतबार बिहान हेटौंडा-१० बसपार्कबाट पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया