शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अमेरिकामा महादेवले देखाए जादु

दैनिक नेपाल २०७९ मंसिर २ गते १९:५८

काठमाडौं, २ मंसिर । नेपाली जादुगरको रूपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् ।

अमेरिकाको बिभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा नृत्य, गायन र कमेडीका पनि पस्किएका थिए । त्रिपाठीको जादुमा दंग परेका दर्शक कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाउदा दर्शक खुलेरै नाचेका थिए ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना रहेको कार्यक्रममा सुरसुधा ब्याण्डको पनि बिभिन्न प्रस्तुति रहेको थियो । सुरसुधाको तर्फबाट गायक सुरेन्द्र श्रेष्ठ, गायिका सरस्वती खत्री र म्युजिसियन रमन महर्जन र बिकास सुनार कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सुरसुधाले संगीतका अलवा बिभिन्न गीतसंगीत समेत प्रस्तुत गरेको थियो ।

‘सुरसुधा कमेडी शो’ कार्यक्रम अमेरिकाको दर्जनबढी ठाउँमा गर्ने उदेश्यले कलाकार त्रिपाठी सहित कलाकार टोली केही अगाडि अमेरिका पुगेका थिए । अमेरिका पुगे लगतै कार्यक्रम सुरु गरेको टोलीले अहिलेसम्म अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा कार्यक्रम गरिसकेका छन् ।

करिब ३ महिना चल्ने ‘सुरसुधा कमेडी शो’ अमेरिकाको अझै दर्जन बढी शहरमा आयोजना हुने कलाकार त्रिपाठीले बताए ।

कार्यक्रमको आयोजक नवराज केसी, पशुपति श्रेष्ठ, गायक राजेश हमाल र निमा शेर्पाले रहेका छन् । कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनासुलु कलेजले पठाएको हो ।

‘सुरसुधा कमेडी शो’ को उद्देश्य अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमपछि कलाकार टोलीलाई त्यहाँका स्थानिय आयोजकले सम्मान समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित