१ कार्तिक २०८३, आइतबार

टीयू क्रिकेट मैदानमा लाइभ अनलाइन सट्टेवाजी खेल्ने ४४ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाइन लाइभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भारतमा दर्ता रहेका बिभिन्न अनलाईन साईटहरुमार्फत व्यावसायिक रुपमा अनलाईन सट्टेबाजी (जुवा) खेलि/खेलाइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनलाइन लाइभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा व्यावसायिक रुपमा सट्टेबाजी (जुवा) मा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जुवा ऐन अन्तर्गत कारवाहीको लागि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।