१ कार्तिक २०८३, आइतबार

मतदान र मत गणनासम्बन्धी समाचार सङ्कलनको सहज वातावरण बनाउन माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल पत्रकार महासंघले मतदानको दिन आम सञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहज ढङ्गबाट समाचार सङकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोशन पुरीले सरकारसँग यस्तो माग गरेका हुन् । उनले मतदानलगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार सङ्कलन गर्ने वातावरण बनाउन समेत निर्वाचन आयोग र सरकारसँग माग गरेका छन् ।

‘निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढङ्गबाट चल्न दिन सम्बन्धित पक्षसँग महासंघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघ सरकारसँग आग्रह गर्दछ ।’

साथै, निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार सङ्कलन र सम्प्रेषण गर्ने कार्यमा जुट्न पनि महासंघले आहृवान गरेको छ ।