
काठमाडौं, २ मंसिर । तथ्यहीन अभिव्यक्ति दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।
चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएका उनलाई आयोगले २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । उनले मनोनयन दर्ताकै समयमा त्यस्तो अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो ।
मनाङे मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका उम्मेदवार हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।















प्रतिक्रिया