१ कार्तिक २०८३, आइतबार

निर्वाचनपछि एमालेको सरकार बन्छ र रोकिएका कामले गति लिन्छ : उपमहासचिव गुरुङ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १ मंसिर । नेकपा (एमाले)का उपमहासचिव एवम् लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गतेको निर्वाचनपश्चात् मुलुकमा नेकपाएमा एमालेले बहुमत प्राप्त गर्दै एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ४ मा आज बिहीबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमालेले यसअघि सरकारमा रहँदा पनि राम्रो काम गरेकाले जनताले एमालेलाई भोट दिने र एमालेको सरकार बन्ने बताएका हुन् ।

यो चुनाव समान्य नभई देश जोगाउने, विकास गर्न चाहने एमाले र सत्ता र स्वार्थका लागि मात्र बनेको गठबन्धन बीचको निर्वाचन भएकाले मतदाता सचेत भई एमालेलाई जिताउन उनले आग्रह गरेका छन् । उनले भने, ‘मुलुक समृद्ध बनाउँदै जनतालाई सुखी र खुशी बनाउने अभियानमा एमाले रहेकाले सबैको साथ जरुरी रहेको छ ।’

त्यस्तै, लमजुङको विकासका लागि पनि आफूसहित एमालेका तीन जना उम्मेदवार विजयी भएमा विकासले चाडै गति लिने भएकाले सबैलाई जिताउन उनले जिल्लावासी मतदातालाई अपिल गरेका छन् । मतदाताले एमालेको उम्मेदवार रुचाएको भन्दै गुरुङ उत्साहित समेत बनेका छन् ।

गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुले आफू मुख्यमन्त्री हुँदा अघि बढाएका विकासको गर्न बाँकी कामलाई समेत पूरा गर्ने र देश समृद्ध बनाउने अठोट बोकेकाले मतदाताले गठबन्धन नभई आफूलाई रोज्नुपर्नेमा बताए । त्यस्तै उनले लमजुङमा एमालेका उम्मेदवारलाई जिताएमा प्रदेशदेखि संघमा राम्रै मन्त्रालय पाउने भएकाले जिल्लाको विकास गर्न सहज हुने पनि बताएका छन् ।

एमालेका तर्फबाट लमजुङ प्रदेश ‘क’ मा जमिन्द्रमान घले र ‘ख’ मा कृष्णप्रसाद अधिकारी उम्मेदवार छन् ।