शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तृप्ती र राजानन्दको ‘ए बा भन्देउन’ सार्वजनिक

दैनिक नेपाल २०७९ मंसिर १ गते २०:३१

काठमाडौं, १ मंसिर । पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ‘ए बा भन्देउन…’को भिडिओ बजारमा ल्याएका छन् ।

यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दले नै गरेका हुन् ।

हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले उनीहरुलाई खबरदारी गरेका छन् । नजिकिँदै गरेको सँसदीय निर्वाचनलाई लक्षित गरेर यो गीतको भिडिओ चुनावको पूर्व सन्ध्यामा रिलिज गरिएको हो ।

यो गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । यो गीतको भिडिओ समसामयिक दृष्यलाई समेटेर तयार गरिएको छ । गीतको भिडिओमा गायक गायिका नै प्रत्यक्ष रुपमा प्रस्तुत भएका छन् ।

दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेको यो गीतको भिडिओलाई दिपेन्द्र आफैंले खिचेका हुन् । छायाँकनमा उनलाई नरेश चैंसिरले सघाएका छन् । गीतको भिडिओलाई नरदम च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित