१ कार्तिक २०८३, आइतबार

कांग्रेस उम्मेदवार काफ्लेको गृहपालिकामा एमालेको विशाल जनसभा, दर्जनौं युवाले त्यागे कांग्रेस (फोटो फिचर)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १ मंसिर । नेकपा एमाले दोलखाले चुनावी प्रचारको उत्कर्षका रूपमा तामाकोशी गाउँपालिकामा हिजो बुधबार विशाल जनसभा आयोजना गरेको छ ।

तामाकोशी–४ मालूमा सम्पन्न जनसभामा पालिकाका सबै वडाबाट हजारौं जनसमूह नाराजुलुश र झाँकीसहित सहभागी भएका थिए । सभाको उपस्थितिले दोलखामा एमालेको जित सुनिश्चित रहेको सन्देश दिएको छ । तामाकोशी जुनसुकै चुनावमा गुण्डागर्दी र हुलदङ्गा मच्चाउने पृष्ठभूमिबाट चिनिने कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेको गृहपालिका पनि हो ।

सोही पालिकामा आयोजित एमालेको विशाल जनसभामार्फत दर्जनौं युवाहरूले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश पनि गरेका छन् । कांग्रेसबाट हरिप्रसाद काफ्ले, दलबहादुर मगर, खेम मगर, भीम मगर, भवानी काफ्ले, सन्देश तामाङ, सुमन कार्की, विशाल कटुवाल, सरोज सुनुवार एमाले प्रवेश गरेका छन् ।

त्यस्तै, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ, विशाल कटुवाल, सरोज सुनुवार, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ, रविन कार्की र अर्जुन खत्री पनि एमाले प्रवेश गरेका छन् ।

प्रवेशीहरूलाई प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री, पार्वत गुरुङ, केन्द्रीय सदस्यहरू सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, वागमती प्रदेशका दोलखाका इञ्चार्ज तथा पूर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी तथा प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठलगायतले स्वागत गरेका थिए ।