
काठमाडौं, २९ कात्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार रहेका आफ्ना पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरिएको बताइएको छ ।
कुमार खड्का कास्की २ (ख) बाट टिकटका आकांक्षी थिए । तर, कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाएपछि खड्का असन्तुष्ट थिए ।
खड्का २०७४ सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका थिए।













प्रतिक्रिया