२९ आश्विन २०८३, बिहिबार

उडानका लागि तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । लामो समयदेखि प्रतिक्षारत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य सकिएको छ । विमानस्थल पुस देखि सञ्चालनमा ल्याउने तयारी भईरहेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

यसका लागि रिठ्ठेपानी डाँडा काट्न सुरु गरिएको छ । सरकारले गत असारमै रिठ्ठेपानी डाँडाका रुख कटौती गर्न स्वीकृति दिएको थियो।

सरकारले ४० मिटरसम्म डाँडा कटान गर्न अनुमति दिए पनि प्राधिकरणले हाल १४ मिटर कटान गर्ने जनाएको छ। १४ मिटर कटान गर्दा परीक्षण उडान गर्न सकिन्छ।

क्यालिब्रेसन उडान मंसिर २ गतेदेखि गर्ने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन उडानका लागि एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको प्राधिकरणले बताएको छ ।

विमानले ७ दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने छ । क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् ।

करिब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी भएको छ।