काठमाडौं, २९ कात्तिक । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसहितको टोली विश्वकप २०२२ का लागि कतार पुगेका छन् । मंसिर ४ गतेदेखि हुने विश्वकपका लागि मेस्सीसहितको टोली कतार पुगेको हो ।
विश्वकपको उपाधि दाबेदार टोलीको रूपमा लिइएको अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ । यस समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड, साउदी अरब रहेका छन् ।
अर्जेन्टिनाले मंसिर ६ गते साउदी अरबसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । अर्जेन्टिनाले हालसम्म दुईपटक विश्वकप उपाधि जितिसकेको छ ।
अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो । कतार विश्वकपका लागि अर्जेन्टिनाले शुक्रबार मात्र मेस्सीको कप्तानीमा २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।













प्रतिक्रिया