२९ आश्विन २०८३, बिहिबार

योगेश भट्टराईले पुगेर भेट्न नसकेका मतदातालाई लेखे पत्र (पत्रसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २९ कात्तिक । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका लागि ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराईले आफू पुगेर भेट्न नसकेका ठाउँका मतदातालाई पत्र लेखेका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भट्टराईले एमालेलाई मतदान गर्न आग्रह गरेका हुन् ।

‘भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौँ । त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौँ है । अनुकल समयमा भेट हुने नै छ ।’ भट्टराईले चिठ्ठीमा लेखेका छन् ।

पत्रमा जिल्लाको समग्र विकास, जिल्लावासीहरुको खुशी तथा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै नेपाललाई समृद्विको दिशातिर डोहोर्याउनुपर्ने अहिलेको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।