
काठमाडौं, २९ कात्तिक । सप्तरीमा शसस्त्र प्रहरी सहायक निरीक्षक (असई)को हत्या आरोपमा जवान जेल चलान भएका छन् ।
गत असोज १९ गते साँझ छिन्नमस्ता गाउँपालिका-२ मोहनपुर पोष्टमा कार्यरत जवान होमबहादुर खत्रीले असई सत्यनारायण यादवको हत्या गरेका थिए ।
साँझ रक्सी खाएर आएको भन्दै असईले गाली गरेपछि खत्रीले तारले घाँटी कसेर हत्या गरेको बयानमा बताएका छन् ।
हत्यापछि उनले शव खोलामा फालेर असई यादव बेपत्ता भएको भन्दै बिओपी छिन्नमस्तामा फोन गरेका थिए ।
प्रहरीले खत्रीमाथि नै शंका लागेर पक्राउ गरेर सोधपुछ गर्दा आँफैले हत्या गरेर फालेको स्वीकारेका थिए ।













प्रतिक्रिया