
ललितपुर, २८ कात्तिक । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेखलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उद्वार गरेको थियो ।
सोधपुछका क्रममा बालिकालाई ललाई फकाई भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारेर गेष्ट हाउसमा लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ ।













प्रतिक्रिया