
दाङ, २८ कात्तिक । दाङको तुलसीपुरमा विभिन्न पार्टी परित्याग गरी दैनिक जसो एमालेमा प्रवेश गर्नेहरूको लहर बढिरहेको छ ।
हिजो समाजवादी लगायत नेताहरू एमालेमै फर्किएका थिए । आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका तीन दर्जन भन्दा बटी एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । सुशील विक, निर्मल हमाल र टेकबहादुर विष्टको नेतृत्वमा वडा नम्बर ५ र ६ का दर्जनौँ नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाइ पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र एमाले प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेलगायत नेताहरूले स्वागत गरेका छन् ।
नवप्रवेशीहरूले माओवादी र कांग्रेसबाट दाङको विकास नहुने भन्दै एमाले प्रवेश गरेको बताएका छन् । दैनिक जसो प्रवेश गर्नेको लहर बढेको भन्दै जितको दिशामा अघि बढेको एमालेले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव रूपबहादुर खत्रीले गरेका थिए ।















प्रतिक्रिया