२९ आश्विन २०८३, बिहिबार

लक्ष्मी बैंकले विश्वकपलाई लक्षित गर्दै ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ योजना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । लक्ष्मी बैंकले फिफा विश्वकप फुटबल २०२२ लाई लक्षित गर्दै ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ योजना ल्याएको छ ।

बचतको महत्वलाई उजागर गर्न र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ नयाँ योजना ल्याइएको बैंकले बताएको छ ।

अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन बचतको शक्ति र भावनालाई प्रवर्दन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाइएको छ ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरु र खुत्रुक्के) लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।