
काठमाडौं, २८ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर राइले मुलुकको समृद्धि र विकासका लागि एमालेको नेतृत्वको आवश्यक रहेको बताएका छन् ।
सोमबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उनले एमालेले मुलुकको हित, राष्ट्रियता र विकासका लागि धेरै काम गरेकाले अब पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
नाकाबन्दीका बेला भारतसँग आवाज उठाउने र नेपालको चूच्चे नक्साका साथै सुरुङमार्गको कामको सुरुवात गर्ने केपी ओली मात्रै भएको उनले बताए । एमालेले राष्ट्रियताका लागि काम गरेकाले नै ओली नेतृत्वको सरकार हटाइएको उनको भनाई छ ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा नेपाली काँग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् ।















प्रतिक्रिया