शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सत्य घटनामा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक (भिडियोसहित)

दैनिक नेपाल २०७९ कार्तिक २८ गते १४:२२

काठमाडौं, २८ कात्तिक । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ ।

यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धबीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबै कुरा दिए । तर, अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उनलाई निर्वासित गर्‍यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले वृत्तचित्रमार्फत गरेका छन् ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नैपर्ने हुन्छ । बीएम खालिङको खोज र लेखन रहेको वृत्तचित्रमा गायक एवम् सञ्चारकर्मी रविन शर्माको न्यारेशन रहेको छ ।

कमल राईको छायाँकन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । असल टीभी युट्युव च्यानलमार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित