१ कार्तिक २०८३, आइतबार

गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने यी पाँच नेतालाई कांग्रेसले गर्‍यो कारबाही

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने तथा असहयोग गर्ने पाँच नेता नेतालाई नेपाली कांग्रेसले कडा कारबाही गरेको छ ।

कारबाहीमा पर्नेहरूमा महासमिति सदस्य मंगलबहादुर शाही (हुम्ला), क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव (बारा), महाधिवेशन प्रतिनिधि एवम् जिल्ला सदस्य रवीन्द्रप्रसाद यादव ‘रोशन’ (बारा), महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव (बारा) र जिल्ला सदस्य रामएकवालप्रसाद यादव ‘शिल्पु’ (बारा) छन् ।

उनीहरूलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाइएको कांग्रेसको केन्द्रीय अनुसाशन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।