शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गौरीशङ्करमा काङ्ग्रेसको सिङ्गो समिति एकाबिहानै एमालेमा समाहित

दैनिक नेपाल २०७९ कार्तिक २८ गते १०:११

दोलखा, २८ कात्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेमा नेपाली काङ्ग्रेसको सिङ्गो समिति नै नेकपा एमालेमा समाहित भएको छ ।

नेपाली काङ्ग्रेस खारेका सभापति टीका गुरुङसहित कार्यसमितिमा रहेका सबै नेताहरू आज सोमबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुभएका गुरुङ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार हुनुहुन्थ्यो ।

एमाले प्रवेश गर्नेहरूमा पुराना कांग्रेस नेता बाबुबाजी गुरुङ, मिनबहादुर तामाङ, कांग्रेसका वडा उप–सभापति कृष्णबहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्तबहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, वडा सदस्य विनेश पाख्रिन र पदमबहादुर मगर हुनुहुन्छ । पदमबहादुर मगर यसअघि स्थानीय निर्वाचनताका एमाले छोडेर कांग्रेस प्रवेश गर्नुभएको थियो । तर, कांग्रेस पार्टी आफूले सोचेजस्तो नरहेको निष्कर्षसहित उहाँ एमालेमै फर्किनुभएको हो ।

उहाँहरूलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङ, प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटी, केन्द्रीय सम्पर्क समन्वय प्रमुख श्यामकुमार बस्नेत, गौरीशंकर गाउँपालिकाका चुनावी कमाण्डर स्वयम्बहादुर खड्का तथा स्थानीय नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।

यसअघि पालिकाको ७ नं. वडा मार्बु गाविसको सिङ्गो गाउँ कमिटी र अन्य वडाका जिम्मेवार नेताहरू एमालेमा समाहित भइसक्नुभएको छ । एमालेप्रति देखिएको जनलहर र पार्टी प्रवेशको श्रृङ्खलालाई दृष्टिगत गर्दा दोलखामा एमाले भारी मतान्तरसहित विजयी हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित