२९ आश्विन २०८३, बिहिबार

गोरखामा प्रचण्डका प्रतिस्पर्धी एमालेका उम्मेदवार अब्दुसको टोलीमाथि आक्रमण

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । चुनाव नजिकिँदै गर्दा गोरखामा माओवादी अध्यक्ष प्रचण्डका कार्यकर्ताहरु आक्रमणमा उत्रिन थालेका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार रहेका नेकपा एमालेका युवा उम्मेदवार अब्दुस मियाँको टोलीमाथि प्रचण्डका कार्यकर्ताबाट आइतबार राति आक्रमण भएको हो ।

खाना खाँदै गरेको अवस्थामा उनीहरुले अब्दुसको टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परी दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणबाट होटलको टेबल कुर्सीहरु पनि भाँचिएको अब्दुसले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् । गोरखा २ मा गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्व अब्दुस चुनावी मैदानमा छन् ।